21st Charter Day of Rotary Club of Kavre-Banepa

21st Charter Day of Rotary Club of Kavre-Banepa

  • Date: Nov 14, 2021 | Nov 14, 2021
  • Location: Panchakanya Banquet, Banepa, Kavre

सदभाव एवं सम्बन्ध बिस्तारका लागि पनि यो कार्यक्रम आयोजना गरिन्छ । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रोटरीयन भुवन काजी मानन्धर, रोटरीयन मानकाजी प्रधान, रोटरीयन नरेश शंकर प्रधानाङ्ग, रोटरीयन हिरा शर्मा नेपाल लगाएतले स्थापना काल देखि हाल सम्मका समाजिक बिकाश र योगदान कार्यक्रमका बारे चर्चा गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष रोटरीयन जय राई, रोट्रयाक्ट क्लब अफ काभ्रे क्याम्पसका अध्यक्ष रोटरेक्टर मालती कुवर, रोटरी क्लब अफ ठमेलका पुर्व अध्यक्ष रोटरीयन राजेन्द्र मान सेरचन लगाएतको उपस्थिती थियो । रोटरी क्लब अफ काभ्रे-बनेपाले स्थापना काल देखि हाल सम्म तिनवटा ठुला खानेपानी आयोजना, एक माझी बस्ती निर्माणमा सहायता, दुइवटा हस्पिटलमा एम्बुलेन्स, एक्स-रे मेशिन लगाएत सामाग्रीहरु हस्तान्तरण, सिन्धुलिमा डेन्टल हस्पिटल संचालन आयोजना, दृष्टि बिहिनका लागि बार्षिक सहयोग कार्यक्रम, विभिन्न स्वास्थ शिबिरहरु, मुटुरोगको परिक्षण तथा शैल्यकृया, स्कुल हेल्प प्रोग्राम जस्ता सयौ आयोजना र कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। सामाजिक सेवामा आफ्नो छुट्टै पहिचान बोकेको संसारकै पुरानो सामाजिक संस्था रोटरी इन्टरनेशनलको सदस्य हुनुमा निकै गर्व महशुस गरेको छौँ । जय रोटरी