Rotary Club of Kavre-Banepa had successfully completed the plantation program dated on 01 September, 2025 at Jaleshwor Community Forest, Banepa-05, under the 'Hario Ban Nepal Ko Dhan' – Green Restoration Program. Together with Rotary Club of Dhulikhel, Rotary Club of Kavre Valley and Rotary E-Club of Namobuddha, we planted 500 wild fruit plants in this third phase to revitalize Nepal’s community forests. This initiative is crucial at a time when forest fires and deforestation are causing severe environmental damage and increasing human-wildlife conflict. We extend heartfelt gratitude to Rtn. John Boot, President (2024–25) of Rotary Club of Niagara-on-the-Lake, for his valuable support, and acknowledge the presence of District Coordination Office Kavre Chair Deepak Gautam, Panauti Municipality Ward-05, Panauti Municipality Ward-5 Ganeshthan Aama Samuha, community leaders, and local residents. Special thanks to Rtn. Ranjeev Shrestha (Past President of RC Dhulikhel) for his tireless efforts, and Rtn. Manisha Shrestha (President of RC Kavre Valley) for local coordination. --- रोटरी क्लब अफ काभ्रे-बनेपाले २०७२ श्रावण १६ गते सोमबारको दिन “हरियो बन, नेपालको धन – हरित पुनर्स्थापना कार्यक्रम” अन्तर्गत बनेपा-५ स्थित जलेश्वर सामुदायिक वनमा सफलता पूर्वक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी ई-क्लब अफ नमोबुद्ध सँग सहकार्य गर्दै यस तेस्रो चरणमा सामुदायिक वन पुनर्जीवनका लागि ५०० वन्य फलफूलका बिरुवाहरू रोपिएका छन्। यो अभियान विशेष महत्वको छ, किनभने हालसालै वन डढेलो र वन विनाशका कारण गम्भीर वातावरणीय क्षति हुँदै आएको छ र मानव–वन्यजन्तु द्वन्द्व बढ्दो क्रममा छ। यस कार्यक्रममा अमूल्य सहयोग पुर्याउनु भएको रोटरी क्लब अफ नायाग्रा-ऑन-द-लेकका अध्यक्ष (२०२४–२५) रोटेरियन जोन बुट प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै, कार्यक्रममा उपस्थिति जनाउनु भएका जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दीपक गौतम, पनौती नगरपालिका वडा -०५ , पनौती नगरपालिका वडा–०५ गणेशथान आमा समूह, समुदायका अगुवा तथा स्थानीय बासिन्दाहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं। त्यसैगरी, यस अभियानलाई सफल बनाउन अथक परिश्रम गर्नु भएका रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रोटेरियन रञ्जीव श्रेष्ठ तथा स्थानीय समन्वयका लागि योगदान पुर्याउनु भएकी रोटरी क्लब अफ काभ्रे भ्यालीकी अध्यक्ष रोटेरियन मनिषा श्रेष्ठ प्रति विशेष आभार व्यक्त गर्दछौं। #rotaryclubofkavrebanepa #rotaryinternational #Rotary #rotaryclub #RotaryInAction #plantation #fypシ